७ असार २०८३, आइतबार | Sun Jun 21 2026

भारतीय चर्चित टिकटक स्टार सियाद्धारा आत्महत्या



एजेन्सी ।
१६ वर्षीया भारतीय टिकटक स्टार सिया कक्करले बिहीबार आत्महत्या गरेकी छिन्। भारतिय अभिनेता सुशान्त सिंह राजपुतले गरेको आत्महत्या सेलाउन नपाउँदै उनले आत्महत्या गरेकी हुन्। सामाजिक संजालमा सक्रिय रहने सियाको आत्महत्याको कारण भने खुलेको छैन। उनको आत्महत्यामाथि प्रहरीले अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। प्रहरीले उनले प्रयोग गर्ने मोवाइल बरामद गरेपनि लक खोल्न सकेको छैन। मोबाइलको लक खोले पश्चात् मृत्युको कारण पत्ता लाग्न सक्ने प्रहरी अधिकारीले जनाएका छन्। सियाले आत्महत्या गर्नु केही घण्टाअघि आफ्नो इन्स्टाग्राम स्टोरीमा आफ्नो डान्स भिडियो शेयर गरेकी थिइन्। दिल्लीमा बस्दै आएकी सियाको इन्स्टाग्राममा १ लाख ९६ हजार फ्यान फलोअर्स रहेका छन् भने टिकटकमा भने १७ लाखले उनलाई पच्छाएका छन्।

प्रकाशित मिति : १२ असार २०७७ शुक्रबार ००:००  ३ : ३२ बजे