७ असार २०८३, आइतबार | Sun Jun 21 2026

थप ५५४ जनामा कोरोना पुष्टि



काठमाडौं ।
शनिबार कोरोना भाइरसका पाँच सय ५४ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार अब संक्रमित संख्या १२ हजार तीन सय ९ पुगेका छन्। उनका अनुसार नेपालका ७७ जिल्लामै कोरोना संक्रमित देखिएका छन्।
शनिबार कैलालीका एक जना ५० वर्षीय पुरूषको मृत्यु भएको उनले बताए। असार ११ मा ती पुरूषमा कोरोना पोजेटिभ देखिएको थियो। उनको भरतपुर अस्पतालमा निधन भएको हो। शव नेपाली सेनाको सहयोगमा व्यवस्थापन गरिने गौतमले बताए। कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ।

प्रकाशित मिति : १३ असार २०७७ शनिबार ००:००  ४ : ३४ बजे