८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

नेविसंघले ‘घर-घरमा पढाइ, टोल-टोलमा सिकाइ’ अभियान गर्ने संचालन गर्ने



काठमाडौं ।
नेपाल विद्यार्थी संघले कोरोना महामारीका बेला सिकाइ निरन्तर राख्न ‘घर–घरमा पढाइ, टोल–टोलमा सिकाइ’ अभियान सञ्चालन गर्ने भएको छ।
नेविसंघ अध्यक्ष राजिव ढुंगानाले मंगलबार ७७ जिल्ला समितिलाई परिपत्र गर्दै उक्त अभियानमा सक्रियतापूर्वक सहभागी हुन नेविसंघलाई निर्देशन दिएका छन्।
वैकल्पिक सिकाइ प्रक्रियामा नेविसंघ जिल्ला समितिहरूले महत्वपूर्ण भूमिका निभाउने पनि अध्यक्ष ढुंगानाको भनाइ छ। कोरोनाका कारण गत चैतदेखि विद्यालय बन्द छन्।
असार १ देखि वैकल्पिक विधिबाट पठनपाठन सुरू गरिएको छ। नेविसंघले सामुदायिक विद्यालयका विद्यार्थीलाई घरघरमै पुगेर पाठ्यपुस्तक उपलब्ध गराउन सम्बन्धित निकायलाई दवाव दिने पनि ढुंगानाले मंगलबार निकालेको विज्ञप्तिमा उल्लेख छ।
यस्तै बोर्डिङहरूले लकडाउनका बेलाको पनि शुल्क उठाएकोबारे अनुगमन गर्न उनले जिल्ला समितिलाई निर्देशन दिएका छन्। ‘निजी विद्यालयहरूले शैक्षिक संस्था ब्नद रहेको अवधिको शुल्क उठाउने कुरा रोक्न अनुगमन गर्ने,’ अध्यक्ष ढुंगानाले जिल्ला समितिलाई गरेको परिपत्रमा उल्लेख छ।

प्रकाशित मिति : १६ असार २०७७ मंगलबार ००:००  ५ : ०७ बजे