२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता



काठमाडौं ।
समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरणपछि बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगको बुधबार बसेको बैठकले जनता समाजवादी दल दर्ताको निर्णय गरेको हो।
‘दल दर्ता भइसकेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘सम्भवत आज दल दर्ताको प्रमाणपत्र दिन्छौं।’

आयोगमा पुगेर सरिता गिरीले आफूविरूद्ध समाजवादी पार्टीले गरेको कारबाहीबारे पनि निवेदन दिएकी छन्।
‘उहाँले निवेदन दिनुभएको छ। तर यसमा आयोगले केही गर्न सक्ने अवस्था छैन। सम्बन्धित सचिवालयबाट नै निवेदन आउनुपर्ने हुन्छ,’ उनले भने।
समाजवादी पार्टीले पार्टी ह्वीप उल्लंघन गरेकोमा सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी गिरीलाई कारबाही गरेको थियो।
लिम्पियाधुरासहित नेपालको नक्सा निशान छापमा राख्न संविधान संशोधनको पक्षमा मतदान गर्ने पार्टी निर्णय उनले उल्लंघन गरेकी थिइन्।

प्रकाशित मिति : २५ असार २०७७ बिहिबार ००:००  १ : ३३ बजे