७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

भारतीय सीमा रक्षा गर्ने क्रममा फेरि एक गोर्खा सैनिकले ज्यान गुमाए



काठमाडौं ।

भारतीय सीमा रक्षा गर्ने क्रममा फेरि एक जना नेपाली गोर्खा सैनिकले ज्यान गएको छ। जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल एलओसी क्षेत्रमा आज विहान भएका गोलीबारीमा हवल्दार सम्बर गुरुङको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। जम्मु–कश्मीरको रजौरी जिल्लास्थित नोसेरा क्षेत्रमा भएको उक्त घटनामा गम्भीर घाइते भएका गुरुङको निधन भएको हो। भारतीय रक्षा प्रवक्ता देवेन्दर आनन्दद्वारा जारी विज्ञप्तिमा हवल्दार गुरुङ एक साहसी, उच्च मनोबल भएका र इमान्दार सैनिक भएको उल्लेख गर्दै कर्तव्य पालनाका क्रममा उनले गरेको उच्च बलिदानीको मुलुक सधैं ऋणी रहने जनाएका छन्। ३६ वर्षीय गुरुङ नेपालको गोरखा जिल्लाको आरुघाट गाउँपालिकाको मान्बु निवासी हुन् । एक महिनाभित्रै भारतीय सीमा सुरक्षाका लागि नेपालीले ज्यान गुमाएको यो दोस्रो घटना हो। यसअघि ८ असारमा जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमै खटिएका गुल्मी जिल्ला घर भएका हवल्दार दीपक कार्कीको मृत्यु भएको भएको थियो।

प्रकाशित मिति : २६ असार २०७७ शुक्रबार ००:००  १ : ५८ बजे