२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

जाजरकोटमा पहिरोमा परेका ३ जनाको शव भेटियो



सुर्खेत ।
जाजरकोटको बारेकोट गाउँपालिका ४ मा पहिरो जाँदा बेपत्ता भएकामध्ये ३ जनाको शव भेटिएको छ। पहिरोमा परेका ९ जना अझै बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले पहिरो गएको माटोमुनि ३ जनाको शव देखिएकाले ती शव निकाल्ने काम भइरहेको जानकारी दिए।
माटोमुनि ३ जनाको शव देखिएको भन्ने जानकारी आएको छ, प्रहरीको टोली निकाल्नका लागि लागिरहेको छ, उनले भने, टेलिफोनले काम नगर्दा जानकारी प्राप्त गर्न कठिनाइ भइरहेको छ।’
डिएसपी श्रेष्ठका अनुसार गएरातिदेखि बारेकोट क्षेत्रमा कुनै पनि टेलिफोन तथा प्रहरीको सेटमा समेत सम्पर्क हुन सकेको छैन।
गए रातिको वर्षाका कारण पहिरो जाँदा बारेकोट गाउँपालिका ४ मा २ घर पुरिएका छन्।
पहिरोमा बेपत्ताहरूको खोजी कार्य जारी रहेको श्रेष्ठले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी उद्धारका लागि बारेकोट गएको छ।

प्रकाशित मिति : २६ असार २०७७ शुक्रबार ००:००  २ : १९ बजे