३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

मूल्य वृद्धि फिर्ता लिन माग गर्दै नेविसंघद्धारा निगम घेराउ



काठमाण्डौ ।
पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघले प्रदर्शन गरेको छ।नेपाल विद्यार्थी संघले नेपाल आयल निगमले दश दिनका बीचमा दुई पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै मूल्यवृद्धि खारेज गर्न माग गर्दै नेविसंघले निगम घेराउ गरेको हो।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाको नेतृत्वमा नेविसंघ पदाधिकारीलगायतले आइतबार मूल्यवृद्धि खारेज गर्न बबरमहलस्थित सडकमा प्रदर्शन गरेका छन् ।

‘सरकारमा बसेर जनता मार्न पाइँदैन, मूल्यवृद्धि खारेज गर, भ्रष्ट सरकार कहाँ छ नेविसंघ यहाँ छ, नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं’ भन्दै टाउकोमा कालोपट्टी बाँधेर उनीहरूले प्रदर्शन गरेका हुन्। नेविसंघ महामन्त्री दीपक भट्टराईका अनुसार कोरोना कहरका बीच निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेकोले विरोध गरिएको हो।

निगमले असार २६ गते सूचना निकाले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा पनि प्रतिलिटर १ रुपैयाँले मूल्यवृद्धि गरेको थियो। काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ छ।

नेविसंघ महामन्त्री मनोज वैद्यले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन यसअघि नै ज्ञापन पत्र बुझाए पनि आयल निगमले वेवास्ता गरेकोले प्रदर्शन गर्नुपरेको हो।

प्रकाशित मिति : २८ असार २०७७ आइतबार ००:००  १२ : ४६ बजे