९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

ट्रम्पद्धारा हङकङलाई दिएको विशेष हैसियत अन्त्य भएको घोषणा



एजेन्सी ।
अमेरिकाले हङकङलाई दिएको विशेष हैसियत अन्त्य घोषणा गरेको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गर्ने आदेशमा हस्ताक्षर गरेका हुन् । चीनविरूद्ध कडा नीति लागू गर्ने क्रममा उनले पछिल्लो कदम चालेका हुन् ।

वासिङ्टनमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हङकङलाई अब मुख्यभूमि चीनजसरी नै व्यवहार गरिनेछ ।’

हङकङमा मानव अधिकार हनन गर्ने चिनियाँ अधिकारीलाई अमेरिकामा प्रतिबन्ध लगाउने विधयेकमा पनि ट्रम्पले हस्ताक्षर गरेका छन् ।

यसै महिनाको सुरुमा अमेरिकी संसद्बाट एकमतले पारित विधेयक कानुन बनेपछि हङकङसँग व्यापार गर्दा दिइने विशेष सुविधा अन्त्य हुनाका साथै बैंकहरूमा प्रतिबन्ध पनि लगाउन मिल्नेछ ।
ट्रम्पले भनेका छन्, ‘अब हङकङलाई कुनै विशेष सुविधा, विशेष आर्थिक व्यवहार र संवेदनशील प्रविधि प्रदान गरिने छैन ।’ बीबीसी

प्रकाशित मिति : ३१ असार २०७७ बुधबार ००:००  ७ : ५८ बजे