८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कांग्रेस पार्टी धमिरा हो : मोदी



नयाँ दिल्ली, भारत, १९ कार्तिक ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार यहाँको प्रतिपक्षी दल भारतीय कँग्रेसका भ्रष्टाचारजन्य गतिविधिमाथि कडा आलोचना गर्दै उक्त दललाई ‘धमिरा’को संज्ञा दिएका छन्।
उत्तर भारतको हिमाञ्चल प्रदेशको कङ्ग्रामा भएको राजनीतिक सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले सो शब्दावली प्रयोग गरी प्रतिपक्षीको आलोचना गरेका हुन् ।
मोदीले भ्रष्टाचारलाई प्रोत्साहन गर्ने उक्त दललाई छाडी आफ्नो दल भारतीय जनता पार्टीलाई मतदान गर्न आग्रह गरे ।
उनले भने , ’यदि तपाईले बाहिरी भागमा सफा गर्नुभयो भने पनि केही दिनपछि धमिरा देखा पर्छन् । कांग्रेस पार्टीको भ्रष्टाचारी सोच पनि धमिराजस्तै पुन देखापर्छ ।’
तपाईँले सरकार मात्रै परिवर्तन गरेर हिमाञ्चलमा भ्रष्टाचार नियन्त्रण गर्न चाहनुभएको छ तर जरैदेखि सफाई गर्न जरुरी छ, मोदीले भने । हिमाञ्चलमा यही नोभेम्बर ९ मा स्थानीयस्तरको निर्वाचन हुने कार्यक्रम रहेको छ । सोही सन्दर्भमा हिमाञ्चलबासीलाई सम्बोधन गर्न उनी त्यहाँ पुगेका हुन् । हिमाञ्चल राज्यमा अहिले कांग्रेस नेतृत्वको सरकार छ ।
(रासस र सिन्ह्वा)

 

प्रकाशित मिति : १९ कार्तिक २०७४ आइतबार ००:००  २ : ५० बजे