३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

बालुवाटारमा ओली प्रचण्डबीच छलफल



काठमाडौं ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरू भएको छ। पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन्। शनिबार दुई अध्यक्षबीचमा मंसिरमा अर्ली महाधिवेशन गर्ने सहमति भएको थियो।

प्रधानमन्त्री ओलीले शनिबारको सचिवालय बैठकमा अर्ली महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव गरेका थिए। प्रधानमन्त्रीको प्रस्तावलाई प्रचण्डले पनि साथ दिएका थिए।

बैठकमा दुई अध्यक्षको चोचोमोचो नमान्ने भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले विरोध गरेका थिए। यद्यपी प्रचण्डले वरिष्ठ नेता नेपाल र उनीनिकटका स्थायी समिति सदस्यलाई आइतबार बिहान प्रधानमन्त्री ओलीसँग कुनै सहमति नभएको ब्रिफिङ गरेका थिए।

प्रकाशित मिति : ४ श्रावण २०७७ आइतबार ००:००  ४ : २० बजे