८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

सुरक्षाकर्मीतिर सल्कँदै कोरोना, प्रहरी मुख्यालयका २४ जनामा संक्रमण पुष्टि



काठमाण्डौँ ।
नेपाल प्रहरीको मुख्यालय, नक्सालमा कार्यरत थप २४ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार गरिएको परीक्षणमा मुख्यालयमा कार्यरत थप २३ जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएपछि संक्रमित प्रहरीलाई सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले जानकारी दिनुभयो ।

यसअघि आइतबार गरिएको परीक्षणमा मुख्यालयमा कार्यरत चार जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको थियो। यस्तै अन्य स्थानका सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखिरहेको छ । महामारीको बेला फ्रन्टलाईनमा बसेर काम गर्नु पर्ने भएकाले संक्रमण देखा परेको हो ।

प्रकाशित मिति : १३ श्रावण २०७७ मंगलबार ००:००  ३ : १२ बजे