२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

जन्मोत्सवमा सागर पौडेलको सामाजिक काम, घरबारविहिन वालवालिकालाई गरे सहयोग



थानेश्वर अधिकारी, जीतपुर ।
लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिक बजार प्रमुख तथा सञ्चारकर्मी सागर पौडेलले जन्मोत्सव परिवार विहिन वालवालिकासँंग मनाएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ६ का सञ्चारकर्मी पौडेलले आफ्नो जन्मोत्सव कपिलवस्तु वाल गृहका परिवार विहिन वालवालिकासंग मनाएका हुन् ।

उनले जन्म दिनको अवसर पारेर कपिलवस्तु वाल गृहका २९ जना परिवार विहिन वालवालिकाहरुलाई रुद्रभिषेक भोजन गराई उदाहरणीय कार्य गरेका छन् ।

उनले केक काट्ने, साथीभाईहरु जम्मा गरेर फजुल खर्च गर्ने प्रवृत्तिको अन्त्य गरी परिवार विहिन वालवालिकाहरुको हौसला प्रदान गर्ने उद्देश्यले उक्त कार्य गरेको सञ्चारकर्मी पौडेलले बताए ।

सञ्चारकर्मी पौडेल भन्छन् ‘आफ्नो सबै खुसीमा आफु मात्र खुसी हुनु जीवन सफल हुनु होईन, आफ्नो थोरै खुसी बांडेर अरुलाई पनि खुसी बनाउनु नै जीवनको सफलता हो’ ।

उनले जन्म दिनमा अनावश्यक खर्च नगरी वृद्धाश्रम, वालआश्रम, गरिव, भोका नाङ्गा आदिलाई साहारा दिन सबैलाई आग्रह गर्दै आगामि दिनमा पनि यस्तै कार्य गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकका प्रबन्धक मोहन बेल्बासे, कपिलवस्तु वाल गृहका अध्यक्ष राजु प्रसाद अर्याल, पौडेलका पिता बोधिराम पौडेलले जन्मोत्सवको शुभकामना व्यक्त गर्दै उदाहरणीय कार्य गरेकोले यसले समाजमा सकारात्मक प्रभाव पारेको बताए ।

वाल गृहमा रहेका वालवालिकाहरुले पनि सञ्चारकर्मी पौडेललाई टिका सहित जन्मोत्सवको शुभकामना व्यक्त गर्दै खुसी व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७७ बिहिबार ००:००  ११ : ०१ बजे