२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

बारामा भोलिदेखि अनिश्चितकालका लागि निषेधाज्ञा



सिमरा ।
जिल्ला प्रशासन कार्यालय बाराले भोलिदेखि लागू हुनेगरी बढी भिडभाड हुने स्थानहरू तोकेर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ। छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको र बारामा समेत जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले भिडभाड हुने स्थानहरूमा भोलि आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। शुक्रबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले आमनागरिकको जीवन रक्षा तथा रोगको संक्रमणलाई नियन्त्रण गर्न अत्यावश्यक कामबाहेक भेला हुन तथा घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ।

प्रकाशित मिति : १७ श्रावण २०७७ शनिबार ००:००  १ : ३८ बजे