८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

विराटनगरको न्युरो अस्पतालका डाक्टरलाई कोरोना, आकस्मिक सेवा दिने शाखा सिल



मोरङ ।

विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पुष्टि भएपछि आकस्मिक सेवा दिने शाखा सिल गरिएको छ।

अस्पतालका निर्देशक एवं कोभिड १९ ब्यवस्थापनका अध्यक्ष रञ्जितराज बस्नेतका अनुसार अस्पतालले सो शाखालाई सिल्ड गरी अर्को स्थानबाट बिरामीलाई सेवा दिइरहेको छ। बस्नेतले हाल आकस्मिक शाखालाई सेनिटाइज गर्नका लागि सिल्ड गरिएको जानकारी दिए।

शुक्रबार अस्पतालमा कार्यरत ३३ वर्षीय मेडिकल अफिसरमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालले सावधानी अपनाएको उनले बताए। गएको दुई महिनाअघिबाटै कोभिड ब्यवस्थापन समिति र आइसोलेसन वार्ड बनाएर कार्य गरिरहेको बताएका निर्देशक बस्नेतले हाल संक्रमित चिकित्सकसँग सम्पर्कमा रहेका सबैको पीसीआर परिक्षणका लागि स्बाब नमुना पठाइएको जानकारी दिए।

संक्रमित चिकित्सक विराटनगर अस्पतालमा पनि कार्य गर्दै आएको हुदाँ उक्त अस्पतालमा भएको घटनाबाट आफूहरु सजग अवस्थामा रहेको उनको भनाइ छ।

प्रकाशित मिति : १८ श्रावण २०७७ आइतबार ००:००  ६ : १९ बजे