७ असार २०८३, आइतबार | Sun Jun 21 2026

आइतबार थपिए कोरोनाका २ सय ४६ संक्रमित



काठमाडौं ।
आइतबार देशभर कोरोनाका २ सय ४६ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा १ सय ११ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित कुल निको हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ।

नेपालमा कुल संक्रमितमध्ये ८० प्रतिशत निको भइसकेको प्रवक्ता गौतमले बताए। त्यस्तै विगत २४ घण्टामा विभिन्न प्रयोगशालाबाट ८ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण गरिएको छ।

हालसम्म मृतक ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मुलुकभर ५ हजार ६ सय ७२ जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : १८ श्रावण २०७७ आइतबार ००:००  ४ : २९ बजे