२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मन्त्री अर्यालको दिइन् , भूमि आयोगलाई काम अगाडि बढाउन निर्देशन



काठमाडौं ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमि सम्बन्धी समस्या समाधान आयोगलाई छिटो काम अगाडि बढाउन निर्देशन दिएकी छन् ।

आयोग पदाधिकारी तथा केही सांसदहरुसँग गरिएको छलफलमा मन्त्री अर्यालले छिटोभन्दा छिटो काम अगाडि बढाउन निर्देशन दिएकी हुन् ।

‘जुन उद्देश्यका साथ आयोग गठन भएको हो । त्यसअनुसार छिटोभन्दा छिटो काम अगाडि बढाउनुस’, आइतबार ललितपुरमा गरिएको छलफलमा मन्त्री अर्यालले भनीन्, ‘यो काम छिटो अगाडि बढाउनुपर्छ, तपाईहरु त्यसका लाग्नुस ।’

मन्त्री अर्यालले देशभरका भूमिहीन, सुकुम्बासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी आयोग र समग्र सरकारको जिम्मेवारीमा रहेको भन्दै यो कार्य सबैले मिलेर सम्पन्न गर्नुपर्ने बताइन् ।

कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले भूमिहीन, सुकुम्बासीको समस्या समाधान गर्ने कार्यमा सरकार, सरोकारवाला सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७७ आइतबार ००:००  १० : २३ बजे