८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कोरोना कहरः विश्वभर ६ लाख ९२ हजार भन्दा धेरैको मृत्यु



काठमाडौँ ।
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ८२ लाख ४० हजार ६३३ पुगेको छ। जसमध्ये ६ लाख ९२ हजार ८९४ जनाको मृत्यु भइसकेको छ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ४८ लाख १३ हजार ६४७ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ५८ हजार ३६५ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा २७ लाख ३३ हजार ६७७ जना संक्रमित भएकोमा ९४ हजार १३० जनाले ज्यान गुमाएका छन्।

यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ १८ लाख ७ हजार २२२ जनामा संक्रमण भएकोमा ३८ हजार १७६ भन्दा धेरैको ज्यान गएको छ।

रसियामा ८ लाख ५० हजार ८७० जना संक्रमित भएका छन् भने १४ हजार १२८ जनाको मृत्यु भइसकेको छ।

यसैगरी अफ्रिकामा ५ लाख ११ हजार ४८५ संक्रमित भएकोमा ८ हजार ३ सय ६६ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ३ लाख ३५ हजार ६०२ संक्रमित भएकोमा २८ हजार ४४५ जनाले ज्यान गुमाएका छन्।बेलायतमा ३ लाख ४ हजार ६९५ संक्रमित भएकोमा ४६ हजार २०१ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो समय पेरुमा पनि संक्रमितको संख्या लगातार बढ्दै गएको छ। त्यहाँ संक्रमितको संख्या ४ लाख २८ हजार ८५० छ भने १९ हजार ६१४ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १९ श्रावण २०७७ सोमबार ००:००  १ : ३२ बजे