२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

इरानले कोरोनाबाट भएको मृत्युको तथ्याङ्क लुकाएको दस्तावेज सार्वजनिक



काठमाण्डौ ।
इरानले कोरोनाबाट भएको मृत्युको तथ्याङ्क लुकाएको दस्तावेज सार्वजनिक भएको छ ।कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएका नागरिकको सङ्ख्या सरकारले दाबी गरेकोभन्दा झण्डै तीन गुणा बढी भएको बीबीसीले जनाएको हो ।

इरानको स्वास्थ्य मन्त्रालयले जुलाई २० सम्म १४ हजार चार सय पाँच जनाको कोभिड–१९ का कारण मृत्यु भएको बताए पनि सरकारी दस्तावेजमा त्यो सङ्ख्या झण्डै ४२ हजार भएको देखिएको छ ।

सङ्क्रमितको सङ्ख्या पनि मन्त्रालयले भनेको दुई लाख ७८ हजार आठ सय २७ नभइ चार लाख ५१ हजार २४ भएको देखिएको बीबीसीले लेखेको छ ।

बीबीसीलाई दिइएको सरकारी स्वास्थ्य तथ्याङ्कका दस्तावेजमा त्यहाँ कोरोनाका कारण पहिलो मृत्यु जनवरी २ तारिखमा भएको उल्लेख छ । यो इरानले पहिलो पटक सङ्क्रमण भएको दाबी गरेको मितिभन्दा एक महिना अगाडि भएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७ सोमबार ००:००  ३ : ३८ बजे