८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

पर्सामा फेरि एक संक्रमितको मृत्यु



पर्सा ।
कोरोना संक्रमण पुष्टि भई उपचारका क्रममा अस्पतालमा भर्ना गरिएका पुरुषको बुधबार निधन भएको छ। साउन १९ गते राति संक्रमण पुष्टि भएका वीरगन्ज १५ भिस्वाका ४६ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो।

हटस्पट बनेको पर्सामा बुधबार नै पोखरिया ९ कि १८ वर्षीय युवतीको पनि कोरोनाको कारण मृत्यु पुष्टि भएको थियो। पुरुषसहित कोरोनाका कारण पर्सामा मृत्यु हुनेको संख्या एकैदिन २ थपिएको छ। थपिएका २ मृतकसहित कोरोनाका कारण पर्सामा मात्र मृत्यु हुनेको कुल संख्या १५ पुगेको छ।

पछिल्लो पटक मृत्यु भएका ४६ वर्षीय पुरुष वीरगन्ज महानगरपालिका १५ भिस्वाका रहेको नारायणी अस्पतालको कोभिड विशेष अस्थायी अस्पताल गण्डकका इन्चार्ज डा. नीरज कुमार सिंहले बताए।

सोमबार राति नै संक्रमण पुष्टि भएका पुरुषलाई मंगलबार शरीरमा समस्या भएपछि वीरगन्जको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा भर्ना गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले बताए।

उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको उनको भनाइ छ। मधुमेय पनि भएका पुरुषमा ज्वरो आउने लक्ष्यण रहेको नारायणी अस्पतालले जनाएको छ। यो सहित नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ। मृतक दुवैको स्वास्थ्य मन्त्रलायले भने पुष्टि गर्न बाँकी रहेको नारायणी अस्पतालले जनाएको छ।

प्रकाशित मिति : २१ श्रावण २०७७ बुधबार ००:००  ४ : १३ बजे