२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु



काठमाण्डौ ।
भक्तपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । भक्तपुर नगरपालिका-१० मा प्रदेश ३-०२-०१५ प ७२६५ नम्बरको स्कुटरले ठक्कर दिँदा भक्तपुरकै भोलाछेकी ४१ वर्षकी सुन्दरी सुवालको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुृरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । हिजो ठक्कर दिँदा घाइते भएकी सुवालको न्यूरो अस्पताल बाँसबारीमा आज बिहान ज्यान गएको हो ।

प्रकाशित मिति : २२ श्रावण २०७७ बिहिबार ००:००  ११ : ५० बजे