९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

नेपालमा कोरोना संक्रमण बढ्दो, आज थपिए कोरोनाका ४ सय ६४ संक्रमित



काठमाडौं ।
शुक्रबार देशभर कोरोनाका ४ सय ६४ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।

यीसहित हालसम्म संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ। त्यस्तै विगत २४ घण्टामा ४ सय २५ जना कोरोनामुक्त भई घर फर्किएका छन्। यसरी हालसम्म १५ हजार ८ सय १४ कोरोनामुक्त भइ घर फर्किनेको संख्या पुगेको छ।

त्यस्तै हालसम्म मृतक ७१ जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा ६ हजार ३ सय ३० जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख २७ हजार बढीको पिसिआर परीक्षण भएको छ।

प्रकाशित मिति : २३ श्रावण २०७७ शुक्रबार ००:००  ४ : ३५ बजे