९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

भारतमा कोरोना संक्रमितको संख्या २१ लाख नाघ्यो



नयाँ दिल्ली ।
भारतको कोरोना भाइरस संक्रमितको संख्या २१ लाख नाघेको छ। भारतीय सञ्चार माध्यमका अनुसार आइतबार बिहानसम्ममा २१ लाख ५३ हजार १० जना संक्रमित भइसकेका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार यो साता मात्र ३ लाख ४९ हजार ३१५ जना संक्रमित भएका छन्। त्यस्तै सोही अवधिमा ५ हजार २४४ को ज्यान गएको छ। यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ हजार ३७९ पुगेको छ। यो संख्या गत साता ३८ हजार १३५ रहेको थियो।

देशभर शनिबार ६० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार ६१ हजार ५३७ मा कोरोना संक्रमण भेटिएको हो। शुक्रबार यो संख्या ६२ हजार ५३८ थियो।

यसैगरी संक्रमितमध्ये १४ लाख ८० हजार ८८४ जना निको भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ। हाल भारतमा ६ लाख २८ हजार ७४७ सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति : २५ श्रावण २०७७ आइतबार ००:००  १२ : ४६ बजे