९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

पछिल्लो २४ घण्टामा ६ सय ३४ कोरोना संक्रमित थपिए



काठमाडौं ।

शनिबार ६ सय ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्याका संक्रमित थपिएका हुन्।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार १ सय १७ पुगेको गौतमले बताए। आजसम्म ५ लाख ९२ हजार ४ सय १८ जनाको पिसिआर परीक्षण गरिएको छ। गत २४ घण्टामा जम्मा १ सय २४ जना उपचारपछि डिस्चार्ज भएका छन्। हालसम्म १८ हजार ३ सय ५० जना डिस्चार्ज भएका छन्।

प्रकाशित मिति : ६ भदौ २०७७ शनिबार ००:००  ४ : ३६ बजे