८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

कोरोनाले काठमाडौंका कांग्रेस नेता गोविन्द रञ्जितको निधन



काठमाडौं ।

नेपाली कांग्रेस काठमाडौं महानगर वडा नम्बर २१ का इकाइ सभापति गोविन्द रञ्जितको निधन भएको छ। कोरोना भाइरस संक्रमणपछि उपचार गराइरहेका करिब ६० वर्षका रञ्जितको मंगलबार निधन भएको हो।

उनलाई एक साताअगाडि कोरोना संक्रमण पुष्टि भएको थियो। उनका परिवारका सदस्यमा पनि कोरोना देखिएको छ। कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँका अनुसार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका रञ्जितको मध्यान्ह १२.१७ बजे निधन भएको हो।

उनको शव नेपाली सेनाले अन्त्येष्टि गर्ने जानकारी आएको उनले बताए। ‘परिवारका अन्य सदस्य पनि आइसोलेसनमै हुनुहुन्छ’ उनले भने।

प्रकाशित मिति : ९ भदौ २०७७ मंगलबार ००:००  २ : ४६ बजे