मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा कोरोनाका कारण थप एकजनाको आज विहान मृत्यु भएको छ ।
बुटवलको कोरोना विशेष अस्पतालमा उपचारार्थ कपिवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको आज विहान मृत्यु भएको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो ।
उनको उपचारको क्रममा गत भदौ ५ गते कोरोना संक्रमणको पुष्टी भएको थियो । श्वास प्रश्वासमा समस्या आएपछि ६ गतेदेखि उनलाई बुटवल कोरोना अस्तालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेहको विरामी रहेका थिए । यो संख्यासंगै कपिलवस्तुमा कोरोनाका कारण मृत्यु हुनेको संख्य ३ पुगेको छ ।







प्रतिक्रिया