८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

‘पानी-अनलाइन’ भन्दै किन खनिए प्रधानमन्त्रीका सल्लाहकार रिमाल



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले अनलाइन पत्रिकाहरुको कडा आलोचना गरेका छन् । उनले कतिपय अनलाइनलाई ‘पानी-अनलाइन’ समेत भनेका छन् ।

आज सामाजिक सञ्जालमा फेसबुकमा उनले सार्वजनिक पदमा रहेका आफ्ना प्रतिष्पर्धीको चरित्र शिकार गर्न छद्म लगानीमा अनलाइनहरु सञ्चालनमा रहेको भन्दै आलोचना गरेका छन् । प्रधानमन्त्रीका परराष्ट्र मामला सल्लाहकार डा. राजन भट्टराईबारे प्रकाशित समाचारबारे उल्लेख गर्दै भने, ‘शिकारीहरुले सार्वजनिक ओहदामा रहेका दर्जनौं व्यक्तिहरुको चरित्रको शिकार गरिसकेका छन् । यो श्रृंखलाको पछिल्लो टार्गेट प्रधानमन्त्रीका परराष्ट्र माममिला सल्लाहकार डा. राजन भट्टराईलाई बनाइएको छ ।’

रिमालले फेरि अर्को पोष्ट गर्दै आम संचार शक्तिाशाली हतियार भएको र सचेत सदुपयोगमा समाजमा सदाचारको विस्तार हुने र पूर्वाग्रह सहितको दुरुपयोगबाट व्यक्तिको चरित्र हत्या हुने तर्क गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्ः

अचेल नियमित जस्तै यस्तो हुने गरेको छ–
पहिलो कदम–
सार्वजनिक पदमा रहेका आफ़ना प्रतिस्पर्धीको ‘चरित्र–शिकार’ गर्न ‘शिकारी’को छद्म लगानीमा सञ्चालित ‘पानी–अनलाईन’ मार्फत चरित्र–हत्या गर्न रचिएको कथा सार्वजनिक गरिन्छ ।
दोश्रो कदम–
त्यही ‘कथा’लाई, त्यस्तै ‘पानी–अनलाई’ले केही घण्टा भित्र साभार गरी पुनः प्रकाशन गर्छ ।
तेश्रो कदम–
‘फेक न्यूज’को ‘होलसेलर’ले त्यस ‘कथा’लाई आफ़्नो ‘बिक्रेता समूह’ मार्फत फेसबुक, वा ट्वीटर या दुबै सामाजिक सञ्जाल मार्फत सम्प्रेषण गर्छ । तुरुन्तै, पहिलेदेखि नै तैनाथ ‘पेशेवर सञ्जाल–कर्मी’हरुको सक्रियता बढ्छ । पक्षमा, विपक्षमा या आश्चर्य व्यक्त गर्दै टिका– टिप्पणी शुरु हुन्छ । मेसेन्जर, ह्वाट्स एप, भाइवर आदिमा फैलाइन्छ ।
चौथो कदम–
एकरदुई दिन मैं ‘पानी–अनलाइन’को ‘फेक न्यूज’ भाइरल बनाइन्छ । सामाजिक सञ्जाल पर्याप्त प्रदुषित भएपछि ‘फेक न्यूज’को ‘सत्यता’ पुष्टिको अभियान शुरु हुन्छ । यसको लागि ‘लिडिङ्ग’ अनलाइन या प्रिण्ट मिडियामा प्रवेश गराइन्छ । यो बिन्दूमा आइपुगे पछि हाम्रो व्यवसायिक पत्रकारिता जुरमुराउँछ ।
पॉचौं कदम–
‘पानी–अनलाइन’ हुँदै मूलधारको मिडियामा प्रवेश गराइएको ‘फेक–न्यूज’ शुरुमा एउटा लिडिङ्ग अनलाइन वा प्रिण्ट मिडियामा समाचार बनाइन्छ । त्यसको सप्लिमेण्ट समाचार सोही स्तरको अर्को मिडियाले “आकर्षक” कलेवरमा प्रसारण गर्छ । अनि शुरु हुन्छ अडियोरभिजुअल प्रचार–प्रसार ।
“त्यसको, त्यस कार्यमा संलग्नता,
त्यो, त्यस कार्यमा संलग्न रहेको बलियो प्रमाण,
त्यस कार्यमा रहेको संलग्नतामा तपाईँको प्रतिक्रिया‘। ‘।”
– झण्डै अढाइ बर्षदेखि यसरी यस्ता दर्जनौं “स्क्याण्डल”हरू श्रृजना गरिएका छन् । तथ्यले भन्छ– यस्तो ‘अभियान’मा मूलधारमा रहेका उहीरउही व्यवसायिक सञ्चार माध्यम “दुरुपयोग” भएका देखिन्छन् ।
-‘शिकारी’हरुले सार्वजनिक ओहोदामा रहेका दर्जनौं व्यक्तिहरुको चरित्रको शिकार गरिसकेका छन् । यो श्रृङ्खलाको पछिल्लो ‘टार्गेट’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईलाई बनाइएको छ ।
-सञ्चारकर्मी मित्रहरु,
लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र आम सञ्चार माध्यमको यसरी दुरुपयोग भएको देख्दा मलाई मात्रै हैन, वास्तबिक पत्रकारितामा जीवन बिताउनु भएका तपाईँहरुलाई पनि दुःख लागेको हुनुपर्छ । पेशागत ‘धर्म’का कारणले होला ?तपाईहरु फोन गर्नुहुन्छ, प्रतिक्रिया माग्नु हुन्छ ।
तपाईहरु नै भन्नुहोस्–
यस्तोमा के प्रतिक्रिया दिऊँ रु के कमेण्ट गरुँरु
‘शिकारी’को पासोमा कोही किन परौं ?

प्रकाशित मिति : १३ भदौ २०७७ शनिबार ००:००  १० : ४७ बजे