८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रधानाध्यापकलाई अपहरण गर्ने विप्लव समूहका आठ पक्राउ



काठमाडौं ।

सिन्धुलीमा प्रधानाध्यापकलाई अपहरण गरेको आरोपमा विप्लव समूहका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। तीनपाटन गाउँपालिका ८ तिल्पुङडाँडास्थित भीमसेन निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीलाई अपहरण गरेको अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको हो।

उनीहरूमध्ये एक जना सुनसरी धरान उपमहानगरपालिका ६ सिमलचोक बस्ने २० वर्षीया प्रतिमा परियारलाई प्रहरीले शनिबार नै पक्राउ गरेको थियो। अन्य सात जना भने आइतबार बेलुका पक्राउ परेको सिन्धुली प्रमुख प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन्।

शनिबार बिहान स्कुलमा छात्रवृत्ति बाँडिरहेको अवस्थामा प्रधानाध्यापक भण्डारीलाई उनीहरूले अपहरण गरेका थिए। जिल्ला प्रहरी कार्यालयसमेतबाट खटिएको प्रहरीले सोही ठाउँस्थित लायो गाउँको खानीपाखा जंगलबाट भण्डारीलाई सकुशल उद्धार गरेको हो। शनिबार पक्राउ परेकी प्रतिमाको साथबाट दुई वटा खाली सकेट बम र एक थान सुतली बम बरामद भएको थियो।

प्रकाशित मिति : १५ भदौ २०७७ सोमबार ००:००  २ : १२ बजे