८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बाग्लुङ बाढी–पहिरो अपडेटः ९ जनाको शव भेटियो



बाग्लुङ ।

बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं ९ र आसपास क्षेत्रमा बाढी पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। बेपत्ता भएकाहरुको खोजीकार्य जारी छ। खोजी कै क्रममा ९ जनाको शव भेटिएको छ भने केहीको सनाखत समेत भएको छ।

बाढी पहिरोमा परी घाइते भएका ४ जनाको उद्धार गरिएको प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीले बताए। नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको समूह घटनास्थल पुगेको छ। बेपत्ता कति भए भन्ने विषयमा अझै खोजी भैरहेको र एकिन तथ्यांक आई नसकेको भण्डारीले बताए।

प्रहरीले हाल सम्म फेला पारेको शव

१. ढोरपाटन नगरपालिका–३ भुजिखोला किनारमा एक पुरुषको कम्मर भन्दा माथिको भाग मात्र भेटिएको

२. ढोरपाटन नगरपालिका–५ बुडाथोक स्थित पुलको लठ्ठामा अड्केको अवस्थामा एक पुरूषको शव भेटिएको

३. ढोरपाटन नगरपालिका– ५ बालुवामा एक महिलाको शव भेटिएको

४. बडिगाड गाउँपालिका– ५ स्थित खोला किनारमा महिलाको बाँया खुट्टा मात्र फेला परेको

५. वडिगाड गाउँपालिका– ७ खोप्चेमा एक बालकको शव फेला परेको

६. ढोरपाटन नगरपालिका–२ चुरेलाबासमा एक किशोरीको शव फेला परेको

७. ढोरपाटन नगरपालिका–५ पेङखोलमा एक बालिका फेला परेकी

८. गुल्मी जिल्ला मुसिकोट नगरपालिका–५ झक्कले स्थित बडिगार्ड खोलाको बिच बगरमा एक महिलाको शव फेला परेको

९. ढोरपाटन नपा ५ अस्तुमा एक किशोरीको शव फेला परेको

नाखत भएका मृतक

१ ढोरपाटन नगरपालिका ९ भट्टेचौर बस्ने बर्ष २६ कि केशमाया बिक घर नजिकै खोला किनारमा शव भेटिएको

उद्धार गरिएका घाइते

१. ढोरपाटन नगरपालिका–४ दुनेपोखरा बस्ने वर्ष १५ को महेन्द्र पुन शरीरमा र टाउकोमा चोट लागेको अवस्थामा गम्भीर रहेको

२. ढोरपाटन नगरपालिका–४ बस्ने वर्ष २८ की सरीता घर्ती दुबै खुट्टामा चोट लागेको

३. ढोरपाटन नगरपालिका–४ बस्ने ४२ का धर्मेन्द्र पुन दुबै खुट्टामा चोट लागेको

४. ढोरपाटन नगरपालिका–४ बस्ने वर्ष ५४ की बेलमती पुन दुबै हातमा चोटलागेको

प्रकाशित मिति : १८ भदौ २०७७ बिहिबार ००:००  १२ : १६ बजे