२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

तत्काल मन्‍त्रिपरिषद् पुनर्गठन हुँदैनः प्रधानमन्‍त्री ओली



काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएका छन्।

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुलाई आफ्नो मन्त्रालयको काम रफ्तारमा गर्न निर्देशन दिँदै यस्तो बताएका हुन्। एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले मन्त्री फेरिने विषयमा भन्दा मन्त्रालयको काममा तनाव लिनसमेत निर्देशन दिएका छन्।

‘आफ्नो मन्त्रालयको काम रफ्तारमा गर्नुहोस्’, प्रधानमन्त्रीले बैठकमा निर्देशन दिँदै भने, ‘मन्त्री फेरिने विषयमा भन्दा पनि आफ्नो मन्त्रालयको कामको तनाव लिनुहोस्। रिक्त मन्त्रालयमा नयाँ मन्त्री आउनुहुन्छ तर मन्त्रिपरिषद् पुनर्गठन हुँदैन।’

सत्तारुढ नेकपामा नेतृत्व विवाद चर्कदै गर्दा मन्त्रिपरिषद नै पुनर्गठन हुने चर्चा भएकोप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ओलीले गलत प्रचारको पछाडि नलाग्न सबैलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : १९ भदौ २०७७ शुक्रबार ००:००  ३ : १९ बजे