१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

सिद्धार्थद्वारा शिवराजका १ सय ५३ जोखिममा रहेका बालबालिकालाई शैक्षिक सहयाेग



कपिलवस्तु ।
शिवराज नगरपालिकामा रहेका विपन्न तथा जोखिममा परेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएकाे छ। नगरपालिकाको वडा नं. ४, १० र ११ मा सञ्चालित १७ वटा विद्यालय तथा मदरसामा अध्ययनरत १ सय ५३ विपन्न तथा जोखिममा रहेका बालबालिकालाई उक्त सहयोग प्रदान गरिएको हो। सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा संचालित स्थानीय अधिकार कार्यक्रम मार्फत विपन्न परिवारका बालबालिकाको पठनपाठनमा सहजता ल्याउने शिक्षा अधिकारबाट बन्ञीच नहाेउन् भन्ने उद्देश्यले विद्यालय झोला, स्कुल पोशाक, जुत्ता, मोजा, कापी र पेन्सिल लगायतका अति आवश्यक शैक्षिक सामग्री दिइएकाे छ।संस्थाका अनुसार प्रतिविद्यार्थी २ हजार ८ सय २० बराबरको सहयाेग सामग्री उपलब्ध गराइएको छ। विपन्न परिवारको आर्थिक भार कम गर्नुका साथै विद्यालयमा बालबालिकाहरूको नियमित उपस्थितिलाई थप प्रोत्साहन गर्ने विश्वास संस्थाले लिएको छ।

सहयाेग वितरण कार्यक्रममा उपसचिव पुर्ण बहादुर विश्वकर्मा, वडा सदस्य कान्थराम अहिर, ज्ञानोदय आधारभुत विधालयका प्रधानाध्यापक चिरन्जिवि घिमिरे लगाएतले नगरपालिकाभित्र समावेशी र समतामूलक शिक्षा प्रवर्द्धनमा सवैकाे भूमिका बढाउदै कोही पनि बालबालिका शिक्षाबाट वञ्चित नहोऊन् भन्ने कुरामा चासाे व्यक्त गरेका थिए। जोखिममा रहेका र विपन्न वर्गका बालबालिकाको सुनौलो भविष्यका लागि सामूहिक सहयोगको आवश्यकता रहेको समेत औंल्याएका थिए।

शैक्षिक सामग्री वितरण कार्यक्रम परियोजना संयोजक अजय चौधरीको अध्यक्षता तथा वडा अध्यक्ष मञ्जु मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रमको सञ्चालन तथा सहजीकरण सिद्धार्थ सामाजिक विकास केन्द्रका सहायक कार्यक्रम अधिकृत सञ्जिव गहतराजले गरेका थिए । शैक्षिक सामग्री पाएपछि बालबालिकाकाे शैक्षिक सुधार हुने भएपछि अभिभावकहरूले खुसी व्यक्त गरेका छन्।

प्रकाशित मिति : १८ असार २०८३ बिहिबार ००:००  ११ : ५१ बजे