११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026

नेपालमा अहिलेसम्मकै बढी थपिए कोरोना संक्रमित



काठमाडौं ।
शुक्रबार देशभर कोरोनाका १३५९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।

यो अहिलेसम्मकै बढी कोरोना संक्रमितको संख्या हो । यसअघि बिहीबार एकैदिन १२२८ जना कोरोना संक्रमित थपिएका थिए।

यीसहित हालसम्म संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ। पछिल्लो २४ घण्टामा १३ सय ५४ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २५५६१ पुगेको छ। पछिल्लो २४ घण्टामा १३६३८ जनाको पिसिआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ।

प्रकाशित मिति : १९ भदौ २०७७ शुक्रबार ००:००  ४ : २७ बजे