२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

झूटो विवरण पेश गरी नागरिकता लिएको आरोपमा एकजना पक्राउ



काठमाडौं ।
झूटो विवरण पेश गरी नागरिकता लिएको आरोपमा उद्योगी वि के बोस झूटो विवरण पेश गरी नागरिकता लिएको आरोपमा एकजना पक्राउ बोस हेटौंडाबाट पक्राउ परेका छन्। मंगलबार उनलाई हेटौंडा उपमहानगरपालिका४ बाट पक्राउ गरेको मकवानपुर प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

उनका अनुसार बोस भारतीय नागरिक हुन्। उनले नेपाली नागरिकता लिँदा झूटो विवरण पेश गरी लिएको भन्दै जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको थियो।

उनलाई पक्राउ गर्न रौतहटबाट भदौ १० गते पुर्जी जारी भएको थियो। हामीले पक्राउ गरी रौतहट प्रहरीलाई बुझाउने प्रक्रियामा छौं,डिएसपी रानाले भने। बोस हेटौंडा औद्योगिक क्षेत्रको सुपर लेमिकोट्स प्रा।लि र गर्दोइस्थित नारायणी मिल्कका सञ्चालक हुन्।

प्रकाशित मिति : २३ भदौ २०७७ मंगलबार ००:००  २ : १८ बजे