२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालन



काठमाण्डौ ।

चितवनका विभिन्न ठाउँमा पहिरो गएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी गाडी चलेका छन् ।

रामनगर र तीन किलोमा पहिरो र लेदो झरेकाले सडक एकतर्फी रुपमा चलिरहेको चितवन प्रहरीले जनाएको छ । बुधबार बिहान कालीखोला आसपास मुसलधारे पानी परेको थियो । साना–साना खोल्सा पनि ठूलो भेल आएकाले गाडी वारपार गर्न कठिन भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ भदौ २०७७ बुधबार ००:००  २ : २४ बजे