२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

अष्ट्रेलिया र इङ्ल्याण्डबीचको पहिलो एक दिवसीय क्रिकेट आज



काठमाण्डौ ।

अष्ट्रेलिया र इङ्ल्याण्डबीचको पहिलो एक दिवसीय क्रिकेट आज हुँदैछ ।

खेल बेलुकी पौने ६ बजे इङ्ल्याण्डको ओल्ड ट्राफोड मैदानमा सुरु हुनेछ । आजको खेलमा इङ्ल्याण्डका इयान मोर्गन र ज्यासन रोयले पनि खेल्नेछन् ।

औंलामा चोट लागेका कारण मोर्गनले अष्ट्रेलियासँगको अन्तिम टी ट्वेन्टी गुमाएका थिए भने रोयले पछिल्ला ६ वटा खेल खेल्न पाएका थिएनन् ।

अष्ट्रेलियासँग खेल्दा जहिले पनि सतर्क हुनुपर्ने तर अहिलेको अवस्थामा इङ्ल्याण्ड नै बलियो रहेको मोर्गनले बताएका छन् ।

इङ्ल्याण्डले सन् २०१७ देखि अष्ट्रेलियासँगको एक दिवसीय श्रृङ्खला गुमाएको छैन । गएको मंगलबार सकिएको टी ट्वेन्टी श्रृङ्खला इङ्ल्याण्डले २(१ ले जितेको छ ।

प्रकाशित मिति : २६ भदौ २०७७ शुक्रबार ००:००  १० : ०१ बजे