१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

थप १ हजार ४५४ जनामा कोरोना पुष्टि, ९७२ जना डिस्चार्ज



काठमाडौं ।

शुक्रबार थप १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

शुक्रबार थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या ५१ हजार ९१९ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा जना कोरोनाबाट ९७२ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ।

संक्रमित हुनेमध्ये निको हुनेको दर ७१ प्रतिशत हो। विभिन्न अस्पताल तथा होम आइसोलेसनमा हाल १४ हजार ९२५ सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : २६ भदौ २०७७ शुक्रबार ००:००  ४ : २७ बजे