८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

गाउँपालिका उपप्रमुख राईको निधन



भोजपुर ।

हतुवागढी गाउँपालिकाकी उपप्रमुख चन्द्रमा राईको निधन भएको छ। ४५ वर्षीया राईको विराटनगरस्थित न्यूरो अस्पतालमा शनिबार विहान उपचारको क्रममा निधन भएको हो।

साता अघिदेखि ज्वरो र झाडापखालाले बिरामी परेकी राईलाई गत भाद्र २९ गते गाउँपालिकाको घोरेटारस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो।

ज्वरो र झाडापखालासँगै चेकजाँचका क्रममा उनलाई जण्डिससमेत देखिएको परिवार श्रोतले जनाएको छ। स्वास्थ्यमा सुधार देखिए पनि अचानक रक्तचाप कम भएपछि राईलाई भाद्र ३१ गते विराटनगर लगिएको थियो।

अस्पतालमा भर्ना गरेपछि उनको पीसीआर चेक गरिएको थियो। उनको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए। स्थानीय तहको चुनावमा नेकपा एमालेबाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

स्थानीय चुनावअघि तात्कालीन खैराङ गाविसको कार्यवाहक वडाध्यक्ष समेत रहेकी राई सामाजिक संघसंस्था, महिला नेतृ र राजनीतिक क्षेत्रमा सक्रिय थिइन्।

प्रकाशित मिति : ३ आश्विन २०७७ शनिबार ००:००  ४ : २२ बजे