२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

आज थपिए १२०४ कोरोना संक्रमित, १४४७ डिस्चार्ज



काठमाडौं ।

शनिबार देशभर १ हजार २०४ मा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४४७ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४५ हजार २६८ पुगेको छ। हाल देशभर १७ हजार १२९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

यस दिन १० हजार ३३३ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ। यीसहित मृत्यु हुनेको संख्या ४०१ पुगेको छ।

प्रकाशित मिति : ३ आश्विन २०७७ शनिबार ००:००  ४ : २८ बजे