७ असार २०८३, आइतबार | Sun Jun 21 2026

माछा पोखरीमा एकै परिवारका ३ जना मृत फेला



सुनसरी ।

मोरङको ग्रामथानको एक माछा पोखरीमा एकै परिवारका ३ जना मृत भेटिएका छन्।
ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी र उनका ९ र १३ बर्षीया छोरी कृतिका र पबित्राको पोखरीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्काले जानकारी दिए।

आइतबार बिहान ११ बजे माछालाई चारो हाल्न भनी गएका उनीहरू साँझसम्म घर नफर्किएपछि खोजी गर्दा भाइ रुद्र कटुवालको पोखरीमा मृत भेटिएको मोरङ प्रहरी प्रमुख खड्काले बताए।

मृतकको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ आश्विन २०७७ सोमबार ००:००  १२ : ५३ बजे