७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्रदेश ५ सरकारले ल्यायो प्याज र लसुन मिसन कार्यक्रम, खेती गर्नेलाई ७० प्रतिशतसम्म अनुदान दिने



बुटवल ।
प्रदेश ५ सरकारले प्याज र लसुन मिसन कार्यक्रम सञ्चालन गर्ने भएको छ। भारतले प्याज निर्यातमा रोक लगाउँदा नेपालमा मूल्य आकाशिएसँगै प्रदेश ५ सरकारले चालु आर्थिक वर्षबाट प्याज, लसुन मिसन अभियान सञ्चालन गर्ने बताएको छ ।

प्याज र लसुन खेती गर्न चाहने किसानका समूहले मन्त्रालयले तोकेबमोजिमको प्रस्तावमा आवेदन दिनसक्नेछन् ।

प्रदेश ५ का भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवालीले तराईका ६ जिल्लामा यो कार्यक्रम लागू गर्ने गरी तयारी भएको जानकारी दिए। ‘नवलपरासीदेखि बर्दियासम्मका तराईमा लसुन प्याज मिसन कार्यक्रम नै सञ्चालन गर्छौ, पहाडी जिल्लामा सानो क्षेत्रमा लगाउनेहरुलाई पनि फरक तरिकाले सहयोग गर्छौ’–उनले भने–‘कार्यक्रमको लागि छिट्टै सूचना निकाल्छौं ।’

मिसनअनुसार प्याज खेती गर्ने व्यवसायिक कृषक समूहलाई प्रदेश सरकारले ७० प्रतिशत अनुदान दिने छ । त्यसको लागि किसानहरु मिलेर ५ हेक्टर जग्गामा खेती गर्ने गरी समूह बनाउनुपर्ने हुन्छ ।‘

प्रकाशित मिति : ७ आश्विन २०७७ बुधबार ००:००  ७ : २७ बजे