८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

डा. केसीलाई भेट्न पूर्व राष्ट्रपति यादव त्रिवि शिक्षण अस्पतालमा



काठमाडौं ।

पूर्व राष्ट्रपति रामवरण यादवले त्रिवि शिक्षण अस्पतालमा पुगेर अनशनरत डाक्टर गोविन्द केसीलाई भेटेका छन्। शुक्रबार दिउँसो शिक्षण अस्पताल पुगेर उनले केसीलाई भेटेका हुन्।

उनले डा. केसीलाई भेटे्दै देशका लागि यस्ता अभियन्ता चाहिने बताएका छन्। उनले आमजनताको मागलाई केसीले बोकेको भन्दै उनका मागबारेमा गम्भीर हुन सरकारलाई आग्रह गरेका हुन्। डाक्टरको केसीको स्वास्थ्यबारेमा चिन्ता गर्दै उनले यसबारेमा सबैलाई गम्भीर हुन अपिल गरे। उनले केसीको उपचारमा गम्भीरतापूर्वक लाग्‍न पनि चिकित्सकलाई आग्रह गरे।

प्रकाशित मिति : १६ आश्विन २०७७ शुक्रबार ००:००  १ : ३४ बजे