८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

दुवै कान चुँडाएर नवलपरासीमा गहना लुटियो



काठमाडौं ।
पूर्वी नवलपरासको कावासोतीस्थित जंगलमा एक महिलाका दुवै कान चुँडाएर गहना लुटपाट भएको छ। प्रहरीका अनुसार आइतबार बिहान बुढौली कुनाको जंगलको बाटो हुँदै कावासोती बजार आउँदै गरेकी तुलसी पौडेलको गहना लुटिएको हो।

लुटेराले गहना तान्दा महिलाका दुबै कान चुँडिएको पूर्वी नवलपरासीका प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताए।

लुटेराले महिलाका डेढ तोलाका मडबरी (ठूलो रिङ) लुटेर लगेको प्रहरीले जनाएको छ। लुटेराको खाजी भइरहेको एसपी मल्लले बताए।

पौडेलको कानका साथै टाउको पनि चोट लागेको र उनको अहिले कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइहरेको छ।

प्रकाशित मिति : १८ आश्विन २०७७ आइतबार ००:००  २ : २७ बजे