८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

शिक्षकहरुको सम्झना र सम्मानमा आज ‘विश्व शिक्षक दिवस’ मनाइदै



मायादेवी अनलाइन, चार नम्बर ।
आज विश्व शिक्षक दिवस । हरेक वर्षको अक्टोबर महिनाको ५ गते विश्व शिक्षक दिवस मनाइने गरिन्छ। सन् १९९४ बाट मनाउन शुरु गरिएको हो ।

आजको दिन संसारभरि विभिन्न कार्यक्रम गर्दे गुणस्तरिय शिक्षा प्रदान गरेर विधार्थीहरुलाई स्थानीय एवं अन्तराष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याउन मद्दत गर्ने शिक्षकहरुको सम्झना र सम्मान गरिन्छ ।

एउटी आमाले जन्म दिन्छिन् र उक्त बालवालिकालाई जीवन जिउने सीप र ज्ञान भने शिक्षकले नै दिन्छन् । आजको दिन सबैले जीवनमा केही पल पछाडि फर्किएर ती शिक्षकहरुलाई सम्झिने गरी बिभिन्न कार्यक्रम गर्ने गर्दछन् भने सम्भव भएमा मिठोमिठो खानेकुरा या मिठाई खान दिएर वा उपहार दिएर पनि शिक्षकको सम्मान गर्न सकिन्छ । शिक्षकले गरेका कुनै कमजोरी भए पनि आजको दिनबाट क्षमा दिनुपर्ने सरोकारवाला बताउँछन् ।

प्रकाशित मिति : १९ आश्विन २०७७ सोमबार ००:००  ६ : १७ बजे