११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

४ हजार ३९२ संक्रमित थपिए, २१ को मृत्यु



काठमाडौं ।

शुक्रबार थप ४ हजार ३९२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख २६ हजार १३७ पुगेको उनले बताए। यस दिन कोरोनाबाट ३ हजार ५२२ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ।

अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३७ हजार ३८२ सक्रिय संक्रमित छन्। कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको छ। यस दिन मात्र थप मृतक २१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस दिन १६ हजार ५३१ जनाको पिसिआर परीक्षण गरिएको हो।

प्रकाशित मिति : ३० आश्विन २०७७ शुक्रबार ००:००  ४ : ३३ बजे