८ असार २०८३, सोमबार | Mon Jun 22 2026

साताका अक्षरः एलिसा घिमिरेको गजल



म प्रेमको अपराधी हुँ भने प्रेमको जेलमा राख
मलाइ छोड्यौ भने उस्लाई तिम्रो मेलमा राख

म त यसै झरेको फुल थिए आयौ तिमी साथमा
आजभोलि मेरो जिन्दगी उजाड खेलमा राख

तिमी सधै खुसी, उमंगको जितमा रमाउदैँ हिड
तिमी सधै सफलता भए मलाई फेलमा राख

को आफ्नो को बिरानो चिन्न सकिन अझै पनि
बिगतका प्रेमील प्रहर असारे झरी भेलमा राख

प्रकाशित मिति : १ कार्तिक २०७७ शनिबार ००:००  ८ : ३८ बजे