२१ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना



काठमाण्डौँ ।
कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना भएका छन्। श्वासप्रश्वासमा समस्या देखिएपछि अध्यक्ष थापालाई ओम अस्पताल भर्ना गरिएको हो। थापालाई शुक्रबार दिउँसो २ बजे ओम अस्पताल भर्ना गरिएको उनीनिकट स्रोतले बतायो।

कोरोना संक्रमण देखिएपछि थापालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि थापालाई ओम अस्पताल लगिएको थियो।

थापाले बिहीबार ह्याम्स अस्पतालमा स्वाब परीक्षण गरेका थिए। शुक्रबार संक्रमण पुष्टि भएपछि उनी घरमै बसिरहेका थिए।

तर, अचानक श्वासप्रश्वासमा समस्या आएपछि थापालाई ओम अस्पताल भर्ना गरिएको केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए।

थापा अहिले ओमको आइसियू कक्षमा उपचाररत छन्। उनको स्वास्थ्य अवस्था क्रमशस् सुधारोन्मुख रहेको बर्तौलाले कमल थापा अस्पताल भर्ना बताए।

प्रकाशित मिति : २ कार्तिक २०७७ आइतबार ००:००  ७ : ३८ बजे