८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

रुसमा एकैदिन झण्डै १८ हजार सङ्क्रमित थपिए



एजेन्सी ।

रुसमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको संख्यामा वृद्धि हुदै गइरहेको छ। सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा रुसमा १७ हजार ७१७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

यसअघि रुसमा एकैदिन १६ हजार २०२ जना सङ्क्रमित भएका थिए । रुसमा बिहीबारसम्म कुल सङ्क्रमितको संख्या १५ लाख ८१ हजार ६९३ पुगेको अधिकारीहरूले जानकारी दिएका छन्। यसअघि गत अक्टोबर २६ का दिन १७ हजार ३४७ जना सङ्क्रमित भएका थिए।

अधिकारीहरूले पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएकाको संख्या भने ३६६ रहेको जनाएका छन्। अघिल्लो दिन भने ३४६ जनाको मृत्यु भएको थियो। रुसमा अहिलेसम्म कोरोनाका कारण २७ हजार ३०१ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०७७ शुक्रबार ००:००  २ : २४ बजे