१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

पूर्वमन्त्री विश्वकर्मालाई कोरोनासँगै निमोनीया संक्रमण



काठमाडौँ ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीन विश्वकर्मालाई कोरोना संक्रमण भएको छ। कार्तिक १ गते उनलाई कोरोना संक्रमण देखिएको उनका आफन्त विवस पौडेलले बताए। संक्रमण देखिएपछि केहीदिन होम आइसोलेसनमा बसेका विश्वकर्मा अक्सिजनको मात्रा घटेपछि ६ गते वीर अस्पतालमा भर्ना भएका थिए। उनलाई दुई दिन वीरको आईसीयूमा राखिएको थियो। पौडेलका अनुसार उनलाई फोक्सोमा निमोनियाको समेत संक्रमण भएको छ।

अवस्था जटिल भएपछि उनलाई ग्रान्डी अस्पताल लगिएको छ। उनको अहिले त्यहाँ उपचार भइरहेको र थप अवस्थाबारे जानकारी पाउन नसकिएको पौडेलले बताए।

प्रकाशित मिति : १४ कार्तिक २०७७ शुक्रबार ००:००  ६ : ३५ बजे