६ असार २०८३, शनिबार | Sat Jun 20 2026

दाङका ७० वर्षीय संक्रमित पुरुषको बाँकेमा मृत्यु



दाङ ।

दाङ घोराहीका एक कोरोना संक्रमित पुरुषको शनिबार विहान बाँकेमा मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं। ४ निवासी ७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिबार विहान ५ बजे मृत्यु भएको छ। बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका उनलाई कात्तिक ११ गते आइसियूमा भर्ना गरिएको थियो।

आशंका लागेर स्वाब परीक्षण गर्दा उनलाई कात्तिक १२ गते बेलुका कोरोना संक्रमन पुष्टि भएको थियो। उनको स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताएका छन्। यो सँगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका १८ जनाको मृत्यु भएको छ।

यो अवधिसम्म बाँके जिल्लाका मात्रै थप ३० जनाको मृत्यु भइसकेको छ। सबै गरेर हालसम्म बाँकेमा ४८ जना संक्रमितको मृत्यु भएको कोरोना फोकल पर्सन श्रेष्ठले सेतोपाटीलाई बताए।

प्रकाशित मिति : १५ कार्तिक २०७७ शनिबार ००:००  ११ : ३४ बजे