८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

हेर्दा हेर्दै कोरोनाले लियो नेपालमा १ हजार बढीको ज्यान



काठमाण्डौँ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा मृतक थप २० मा कोरोना पुष्टि भएसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ। यसैबीच मंगलबार थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा संक्रमण भएको हो। योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार १४२ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ४१ हजार १३४ पुगेको मन्त्रालयले जनाएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको मन्त्रालयले जनाएको छ। हालसम्म १४ लाख ८० हजारको पिसिआर परीक्षण भएको छ।

नेपालमा कोरोना संक्रमण छैन भन्दा भन्दै संक्रमण फैलिएर १ हजार जनाको ज्यान जानुले थप सन्त्रास सिर्जना गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७ मंगलबार ००:००  ६ : ५८ बजे