७ असार २०८३, आइतबार | Sun Jun 21 2026

स्वास्थ्य मन्त्रालयले माग्यो एक सय ९१ जना कर्मचारी



काठमाण्डौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले तीन महिना समयका कर्मचारी माग गरेको छ।

सातै प्रदेशमा कोरोना सम्बन्धी कन्ट्रयाक्ट ट्रेसिंगलगायतको काम गर्नका लागि भन्दै मन्त्रालयले कर्मचारी दरखास्त आह्वान गरेको छ।

कोरोना महामारी व्यवस्थापनमा थप सहयोग पुर्‍याउन गत भदौ ३१ को निर्णयअनुसार कर्मचारी राख्न लागिएको मन्त्रालयले जनाएको छ।

बिरामी प्रोफाइल, प्रयोगशाला सम्बन्धी तथ्यांक व्यवस्थित गर्न स्वास्थ्य सेवा विभाग, महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयलगायतमा काम गर्न तीन महिना अवधिका लागि कर्मचारीहरू राख्न लागिएको हो।

१८ वर्ष पुगेका र ४० वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन्। आजदेखि सात दिनभित्र दरखास्तका लागि समय छ।

सिआइसिटी सहजकर्ता, अस्पताल विमारी सूचना संयोजक, प्रयोगशाला सूचना व्यवस्थापन सहजकर्ता, सूचना समायोजन तथा विश्लेषण सहजकर्तालगायत पदमा दरखास्त आह्वान गरेको हो।

प्रकाशित मिति : २० कार्तिक २०७७ बिहिबार ००:००  ७ : ५९ बजे